समाचार

भक्तपुर २ : एमालेका युवा नेता महेश बस्नेत फराकिलो मतान्तर पछि

५ मंसिर २०७९, सोमबार १६:०७
भक्तपुर २ : एमालेका युवा नेता महेश बस्नेत फराकिलो मतान्तर पछि

५ मङ्सिर, भक्तपुर।  भक्तपुरको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षत्रीले एमालेका उम्मेदवार महेश बस्नेतलाई फराकिलो मतान्तरले पछि पारेका छन् ।

२० हजार ३९३ मत गणना हुँदा कांग्रेसका थापाले ८ हजार १२५ मत प्राप्त गरेका छन् भने एमालेका बस्नेतले ७ हजार २०९ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगरले १ हजार ५०६ मत प्राप्त गरेकी छिन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साजन विकले १ हजार ४७७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्