५ मङ्सिर, काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले २० मतको अग्रता लिएका छन्।
मिश्रले ३ हजार ८७० मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ३ हजार ८५० मत ल्याएका छन्। यसअघि मिश्र र सिंहबीच १८३ मतान्तर थियो।
यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २ हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका किरण पौडेलले २ हजार २३२ मत ल्याए। नेपाल सुशासन पार्टीका रमेश खरेलले भने १ हजार ७६३ मत ल्याएका छन्।