समाचार

यस्तो छ डडेलधुराको पछिल्लो अपडेट

५ मंसिर २०७९, सोमबार १५:३५
यस्तो छ डडेलधुराको पछिल्लो अपडेट

५ मङ्सिर, डडेलधुरा। डडेलधुरामा प्रतिनिधि सभा निर्वाचनका लागि भएको मतगणनामा ३ हजार ६७३ मत गनिएको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका शेरबहादुर देउवा १ हजार ७३६ मतसहित अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिस्पर्धी भएका सागर ढकालले अहिलेसम्म ९४३ मत ल्याएका छन् । कांग्रेस बिपीका कर्णबहादुर मल्लले ६२३ मत ल्याएका छन् । मल्ललाई एमालेले समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्