समाचार

वायु प्रदूषणका कारण विद्यालय अनिश्चित कालका लागि बन्द

१६ मंसिर २०७८, बिहीबार १०:४०
वायु प्रदूषणका कारण विद्यालय अनिश्चित कालका लागि बन्द

काठमाडौं: पछिल्लो केहि वर्ष यता नेपालमा मात्र वायु प्रदूषण नभए विश्वमा बढ्दै गएको छ । वायु प्रदूषणले गर्दा बातावरणमा निकै नराम्रो असर परेको छ ।

भारतमा केहि दिनदेखि वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित कालको लागि बन्द गरिएको छ ।

दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो । भारतको सर्वोच्च अदालत (सुप्रिम काेर्ट) ले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ ।

नोभेम्बरका ११ दिन दिल्लीमा वायु प्रदूषणको स्तर अहिलेसम्मकै खराब थियो । नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको तथ्याङ्कले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्