समाचार

केपी ओलीमाथि हर्क साम्पाङको अर्को प्रहार- कठै बरा गफाडी

२५ कार्तिक २०७९, शुक्रबार १४:२५
केपी ओलीमाथि हर्क साम्पाङको अर्को प्रहार- कठै बरा गफाडी

२५ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले धरानमा शुक्रवार आयोजित चुनावी सभामा हर्क साम्पाङलाई धरानले जिताउने बेलामा आँखा नदेखेको भन्दै व्यंग्य गरेका थिए ।

ओलीले गरेको भाषण धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चित्त बुझेन । त्यसपछि उनले लगातार ओलीको आलोचना गर्न थाले । मेयर साम्पाङले ओलीको भाषणपछि आजै दुई वटा फेसबुक स्टाटस लेखेर ओलीको आलोचना गरे ।

‘यहाँका मेयरलाई खानेपानी भनेर कतिवटा घैला बोकुन विचरा ? कसको घरमा खानेपानी पु¥याउने ?’ ओलीले सभामा भनेका थिए, ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस् ।’ ओलीले नगरको बजेटले नपुग्ने भन्दै धरानको खानेपानीका लागि राष्ट्रिय बजेट चाहिने भन्दै साम्पाङप्रति कटाक्ष पनि गरेका थिए । ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन,’ ओलीले भने, ‘त्यत्रो कोसी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ? ।’

त्यसो त साम्पाङ आफूले गरेका श्रमको तस्वीरहरू सामाजिक सञ्जालमा ‘पोस्ट’ गरिरहन्छन् । उनका ती तस्वीरहरूबाट उनी धरानमा पानी ल्याउने अभियानमा आफैँ फिल्डमा खटिएर श्रम गरिरहेको देख्न गाह्रो छैन । त्यसैलाई संकेत गर्दै साम्पाङले दोस्रो स्टाटस लेखेको देखिन्छ ।

harka-sampang-replay1668163344.JPG

प्रतिक्रिया दिनुहोस्