अन्तर्वार्ता

सत्ता गठबन्धनले षड्यन्त्रपुर्वक टिकट दिइएन- भूपेन्द्र जंग शाही

१७ कार्तिक २०७९, बिहीबार १५:५९
सत्ता गठबन्धनले षड्यन्त्रपुर्वक टिकट दिइएन- भूपेन्द्र जंग शाही

१७ कार्तिक, काठमाडौं। सत्ता गठबन्धनले आफुलाई षड्यन्त्रपुर्वक टिकट नदिएको कांग्रेसका प्रभावशाली नेता भूपेन्द्र जंग शाहीले बताएका छन् ।

आफुलाई टिकटबाट बन्चित गरेर पनि काँग्रेस सुदृढीकरण मै लाग्ने नेता शाहीले बताएका छन् । शाही विद्यार्थी नेविसंघको नेतृत्व गर्दै तरुणदल र पछिल्ला दुई प्रतिनिधिसभा कालिकोटबाट उम्मेदवार भइसकेका नेता हुन् । शाही नेपाली कांग्रेसका युवा विद्यार्थी संगठनमा स्थापित र चर्चित नेता पनि हुन् ।

शाहीले एक अन्तरवार्तामा भनेका छन् ” यदि महिले टिकट पाएको भए म कालिकोटको गाउँमा हुन्थे होला । त्यहाँका जनता संग सुख दु:ख कुरा गर्दै भोट माग्दै हुन्थे होला । कालिकोटका डाँडा काँडा उकाली उराली गरिरहेको हुन्थे होला । तर म टिकटबाट बन्चित भएका कारण म काठमाडौंमै भेटघाट गरिरहेको छु ।

तर टिकट पाउनु र नपाउनुले मान्छेको व्यक्तिगत जीवनमा फुर्सदमा र व्यस्तताको धेरै नै फरक हुन्छ । तर दु:ख  महसुस भएको छ । व्यक्तिगत जीवनमा त्यसले धेरै फकर पार्दैन । तर मन कुडिनु त्यो फरक कुरा हो ।  मलाई केहि असर पर्दैन ।

शाहीले भने जीवनमा थप केहि संघर्ष गर्नु पर्ने भो । मेरा जुन सपनाहरु छन् । देश बनाउने,  समाज बदल्ने सपनाहरु छन् राजनीतिकमार्फत । त्यो ठाउँमा चाहिँ त्यो गन्तव्यमा पुग्नको लागि अझ मलाई कठिन हुने हो । अझ मलाई केहि समय लाग्ने हो । त्यो भावनाले महिले झन् धेरै मेहेनत र संघर्ष गर्नुपर्ने भएको छ । झन् खट्नु पर्यो । म निरास भए र बन्द कोठा सुतेर म गन्तव्य पुग्न सक्दैन । त्यसैले म झन् धेरै सक्रिय भएको छु । मेरो ऊर्जा भने सकिएको छैन । झन् ऊर्जाशिल भएर आउने छु ।

कालिकोटका जनता तपाईको टिकट नपाउदा कतिको निरास भएको छन् भनेर सोध्दा शाहीले भने टिकट महिले पाउदैन भनेर सोचेकै थिएँ । कांग्रेस पार्टीको युवामा जस्तो गगन थापा, विश्वप्रकाश शर्मा र महिले २०७० मा संगै टिकट पाएको हौँ । जो अहिले पार्टीको महामन्त्री हुनु हुन्छ । तर महिले दश बर्ष अघि पाएको टिकट पनि आज दश वर्षपछि पार्टीमा थप लगानी गर्दा खेरि मेरो जिवान बेथिति गर्दा पनि महिले टिकट पाएँ । भन्दा त पिडा त पक्कै पनि हुन्छ ।

कालिकोट निर्वाचनको मैदानबाट भूपेन्द्र शाही बाहिर हुन्छ भने सोचेकै थिएन् । आफुलाई स्वतन्त्र भए पनि उठ्न पर्छ भने निकै ठुलो दबाब थियो । निकै ठुलो समर्थन थियो । महिले सायदै हिमत गरेको भए म जित्थे पनि । त्यो खालको माहोल थियो । अहिले पनि जनतालाई खल्लो महसुस भएको छ ।

कालिकोटमा सिधै काँग्रेस र माओवादीको भोट जोड्ने हो भने जित्ने सुनिश्चित छ । स्थानीय तहका अनुसार १८ जहार माओवादी, १३ हजार काँग्रेस र १२ हजार एमाले यो भोट जोड्ने हो भने गठबन्धन जित्ने सुनिश्चित छ । त्यो भए त देशभरी जितिहालिन्छ गठबन्धन । किन हिसाब नै गर्नु परेनन ।

हाम्रो लडाईं नै माओवादी संगै थियो । २०६४ मा हामीले माओवादी संग हारेको, २०७० मा महिले माओवादीसंगै हारेको, २०७४ महिले फेरी माओवादीसंग हारे, तर अहिले पनि हामी एमालेसंग हाम्रो लडाईं थिएन। माओवादीसंगै लडाईं थियो । माओवादीलाई हराउने भनेर लागेको आएको होनी म त। दुई चोटी हारे हो लास्ट माओवादीलाई हराउने म दाउमा थिए । तर अहिले माओवादीलै भोट माग्नु परेको छ । शाहीले भने माओवादीले नै बागी दिएको छ । के हामीले जिताउने जिम्मेवारी लिएको छौँ ।

प्रतिक्रिया दिनुहोस्