१४ कार्तिक, तनहुँ । नेकपा एकीकृत समाजवादीका तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठले जिल्लामा गठबन्धनको भागबन्डा गर्दा पार्टीले एक सीट पनि नपाएपछि असन्तुष्टि जनाउँदै एमालेलाई समर्थन गरेकाे घाेषणा गरेका छन् ।
उनले विज्ञप्ति निकालेर प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताएका छन् ।