समाचार

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन एक लाख शुल्क

१६ मंसिर २०७८, बिहीबार १०:२१
राप्रपा अध्यक्षमा उम्मेदवारी दिन एक लाख शुल्क

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैयाँ तोकिएको छ।

यो शुल्क नेपालको राजनीतिक दलहरुको उम्मेदवारी दर्तामा अहिलेसम्मकै सर्वाधिक शुल्क हो । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित  ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्