खेलकुद

बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो

१० कार्तिक २०७९, बिहीबार ०१:५३
बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो

१० कार्तिक, काठमाडौं ।   स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । गएराति इन्टर मिलानले जित निकालेपछि जर्मन क्लब बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै बाहिरिसकेको बार्सिलोना घरेलु मैदानमै ३–० ले पराजित हुन पुग्यो ।

पहिलो हाफमा साडियो माने र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाले पहिलो हाफको अन्त्यतिर पेनाल्टी पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले सो निर्णयलाई उल्टाएको थियो ।

यसै समूहबाट इन्टर मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति नै भएको खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको थियो । इन्टरका लागि एडिन जेकोले दुई तथा रोमेलु लुकाकु र हेनरिक मिखितारियनले १-१ गोल गरे ।

बायर्नले ५ खेलमा १५ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का गर्दा समान खेलबाट १० अंक जोड्दै इन्टर दोस्रो स्थानमा रहन सफल भयो । बार्सिलोनाले ५ खेलमा ४ अंक जोड्यो भने समूहको पुछारमा रहेको भिक्टोरिया प्लेजन अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्