७ कार्तिक, ललितपुर । होप राइजिंग चिल्ड्रेन होमले देउसी भैलो कार्यक्रमको शुभकामना आदानप्रदान गरेको छ । होप राइजिंग महालक्ष्मी नगरपालिका स्थित संखा देवी ललितपुरमा सोमबार राति देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा होप राइजिंग चिल्ड्रेन होमका अध्यक्ष नन्द रिर्षी आचार्य र होप राइजींगका विद्यार्थी रहेका थिए। कार्यक्रममा होप राइजींग चिल्ड्रेन होमका विद्यार्थीले देउसी भैलो कार्यक्रममा विभिन्न गीतमा नृत्य देखाएका छन् ।
सोमबार राति ७ बजेदेखि सुरु भएको कार्यक्रम अबेर रातीसम्म सञ्चालन हुनेछ । कार्यक्रममा अतिथी र विशेष अतिथीका रुपमा अध्यक्ष नन्द रिर्षी आचार्य रहेका थिए ।
आश्रित बालबालिकाहरुको सहयोगार्थ प्रयोजनका निमित आयोजना गरिएको आचार्यले बताएका छन् । विगत लामो समय देखि विभिन्न किसिमका अनाथ तथा असहाय २८ जना बालबालिकाहरुको सम्पूर्ण प्रकारको रेखदेख, पालनपोषण, स्वास्थ्य, शिक्षा लागायत तिनीहरुको सम्पूर्ण आधारभूत आवस्यकता पुरा गर्दै आएको अध्यक्ष आचार्यले बताएका छन् ।
साथै यस संस्थाले नेपालीहरुको महान चार्ड पर्वको बेला पनि आफु अनाथ तथा असहाय भएको महसुस नगरोस भनेर आफुले उनीहरुको रहर सपाना र त्यस्तो कुनै पनि किसिमको कमि महसुस गराएको छैन । यी २८ जना बालबालिकालाई आफ्नै छोराछोरी जस्तै माया ममता र प्रेणा दिदै हुर्कौदै आएको छु ।
आफुसँग प्राय कर्णाली र सुदूरपश्चिम प्रदेश गरि १६ जिल्लाका बालबालिका रहेका छन् । उनीहरुलाई आमा बुवाको कमिको महसुस पनि गराएको छैन । यिनीहरुसंगै आफ्नो छोराछोरी पनि बस्छन । महिले कहिल्यों यो मेरो छोरा यो मेरो छोरी भनेर छुटाएको छैन । सबैलाई एकनासले पालनपोषण गरेको अध्यक्ष आचार्यले बताए ।
अहिले सबैको घर घरमा तिहारको उत्सव रहेको छ । यी बालबालिकाले पनि खेल्ने भने पछि आफुले बालबालिका मनोरञ्जन र आफ्नो कोहि छैन भनेर यी बालबालिकालाई मानसिक असर नपरोस भनेर सानो प्रयास गरेको छु । तपाईहरुको साथ सपोटको सधौँ अपेक्षा गरेको हुन्छु ।