७ कार्तिक, हुम्ला । अहिले गाउँ गाउँमा चुनावको माहोल तातेको छ । योसंगै किसानलाई बालीनाली घर भित्राउने समय हो । सबै दलका नेता कार्यकर्ता अहिले घर दैलो कर्यक्रममा व्यस्त रहेका छन् । तर जनता आफ्नै कामकाज व्यस्त छन् ।
सबैले आफुलाई भोट मात्र मागेका छन् । आफुलाई जिताएर पठाउनुहोस् हामी यो गर्दिन्छौं । त्यो गदिन्छौँ । भनेर नानाथारी नारा लगाएर जनतालाई झुकाने काम गरेका छन् ।
तर हुम्लामा हुम्ली जनताको जीवन स्थर उकास्न र आत्मनिर्भर बनाउने उद्देश्यले नेकपा एमाले अहिले घरदैलो कार्यक्रम गर्दै छ । अरु आफुलाई भोट माग्न व्यस्त रहेका छन् भने एमालेका प्रतिनिधि सभाका उम्मेदवार दल रावल अहिले जनताको सेवा गर्नमा व्यस्त रहेका छन् ।
रावलले घरदैलो कार्यक्रम गर्दै गर्दा स्वयम् आफै जनताको काम काजमा सहयोग गरेका छन् । रावलले धान चुटेका छन् । धान केलाए पनि काटे पनि । रावलले भने आफु जति माथि गए पनि आफ्नो धरातल भने बिर्सिनु हुन् । आफु पनि एक किसानको छोरा हौँ । आफुलाई काम गर्न रमाइलो लाग्छ । जनताको सेवा नै मेरो धर्म हो ।
रावल नेता मात्र नभएर एक सामाजिक अभियानता, समाज सेवी, समाज रुपान्तरणसहितको बिकास गर्ने बौद्धिक नेतासमेत हुन् । स्वास्थ्य, शिक्षा र सडक क्षेत्रमा पनि उतिकै योगदान रहेको छ ।
रावल पुर्व सामाजिक मन्त्री हुन् । एमालेका केन्दीय सदस्यसमेत रहेका रावल जनतासंगै घरदैलो प्रत्यक्ष भेटघाट गरेर समस्या आत्मसात गरेका छन् । रावल वडा देखि केन्द्रसम्म राम्रो छबि बनाएका नेता हुन् ।