समाचार

महेन्द्र बहादुर शाहीलाई नै भोट किन ? यस्ता छन् एजेण्डा

६ कार्तिक २०७९, आईतवार १५:१४
महेन्द्र बहादुर शाहीलाई नै भोट किन ? यस्ता छन् एजेण्डा

६ कार्तिक, कालिकोट । “समृद्ध कालिकोट निर्माण  हाम्रो सरोकार” भने मूल नाराका साथ महेन्द्र बहादुर शाही अहिले चुनावमा हुमिएका छन् ।

आर्थिक आत्मनिर्भरता बनाउने उद्देश्यले फेरी संघीय चुनावमा उठेको शाहीले बताएका छन् । आगामी संघ र प्रदेश सभाको चुनावमा सत्ता गठबन्धनको तर्फबाट शाहीले प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।

शाही कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री हुन्। साथै माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत हुन् । शाही अहिले चुनावी प्रचारप्रसार कार्यमा फर्किएका छन् ।

शाहीले आफु मुख्यमन्त्री हुँदा अधुरा र गर्न बाँकी रहेका काम पुरा गर्न आफुले फेरी प्रतिनिधि सभामा उम्मेदवारी दिएको बताएका छन्।  केहि दिन पहिला कोहलपुर नगर समिति बोल्दै ” बिगतमा कालिकोटको विकासका लागि गरेको गलत सच्याउन प्रतिबद्धता गर्दै आफुलाई फेरी एक चोटी सहयोग गर्ने बताएका हुन् ।”

शाहीले मलाई नै भोट किन ?

  • पहिलो वर्षमै सुनथराली विमानस्थल संचालन गर्ने 
  • गाउँ -गाउँसम्म संचालनमा पुर्याउने
  • सबै बस्तीमा विधुतीकारण गर्ने 
  • ठाउँ ठाउँमा मोटरेवल पुल निर्माण गर्ने 
  • प्रत्येक पालिकामा १५ सैयाको अस्पतालबनाउने 
  • विकास क्षेत्रमा फाइबर नेट पुर्याउने
  • आत्मनिर्भरताको बाटोमा अधि बढ्उन

 काम पुरा गर्न प्रतिनिधि सभामा उम्मेदवारी दिएको हौँ – महेन्द्र ब. शाही

प्रतिक्रिया दिनुहोस्