समाचार

हुम्लामा एमालेका दल रावल भित्रिएपछि बढ्यो चुनावी चहलपहल

२ कार्तिक २०७९, बुधबार १२:४८
हुम्लामा एमालेका दल रावल भित्रिएपछि बढ्यो चुनावी चहलपहल

२ असोज, हुम्ला । आगामी प्रतिनिधि सभा सदस्यको लागि एमालेबाट दल रावलले उम्मेदवारी दिएका छन् ।

उनी अघिल्लो पटक प्रदेश सभामा एमालेबाट निर्वाचित भएका थिए ।  उनी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रिसमेत भइसकेका छन् ।  उनी यो पटक प्रतिनिधि सभाबाट चुनाबमा हुमिएका छन् ।

एमालेबाट  प्रतिनिधिसभामा टिकट पाएका दल सोमबार तारा एयरको जहाजबाट जिल्ला पुगिसकेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिएसँगै हुम्लामा चुनावी माहोल सुरु भएको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार रावल भित्रिएपछि चुनावी चहलपहल बढ्को छ।

यससँगै सुनसान देखिएको हुम्ला जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको हो।  निर्वाचन हुन ३३  दिन बाँकी रहेको वेला हुम्ला जिल्लामा नेताहरू जिल्ला भित्रिन थालेका छन्।

त्यस्तै, उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार छिरिङडम्डुल लामा कार्चेन शुक्रबार जिल्ला आउने कार्यक्रम तय भएको छ।

प्रदेश (क) का एमालेबाट उम्मेदवार पाएका दल फडेरा र प्रदेश (ख) उम्मेदवार छक्कबहादुर लामा सीता एयरबाट जिल्ला पुगिसकेका छन्। यस्तै, सत्तागठबन्धनका प्रदेश (ख) उम्मेदवार जीवनबहादुर शाही पनि समिट एयरको जहाजबाट जिल्ला भित्रिएका छन् । माओवादीनिकट नेता र उम्मेदवार प्रदेश (क) का रणसिंह परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्