३१ असोज, नेपालगञ्ज। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
एकीकृत समाजवादीका नेता सुनार सोमबार साँझ नेकपा माओवादीमा प्रवेश गरेका छन्। माओवादी नेत्री एवं पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले सुनारलाई पार्टी प्रवेश गराइन्।
सुनार बाँके क्षेत्र नं. ३ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार रहेका छन्। माओवादीले त्यहाँबाट आइपी खरेललाई अगाडि सारेको छ। सुनारको पार्टी प्रवेशसँगै माओवादीमा थप विवाद सिर्जना हुने देखिएको छ।
खरेलविरुद्धमा माओवादीको एउटा समूहले राजीनामा दिएर विरोध जनाइसकेको छ। त्यही समूह सुनारको पार्टी प्रवेशमा हावी देखिन्थ्यो। पार्टी प्रवेश कार्यक्रममा खरेलको उपस्थिति थिएन।