३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताहरूले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताएका हुन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ गठबन्धनका नेताहरूलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टीभित्रका केही प्रभावशाली नेताहरूलाई आगामी निर्वाचनका लागि टिकट दिन नसकिएको बताएका हुन् ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले सत्तारूढ गठबन्धनका नेताहरूलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टीभित्रका केही ‘प्रभावशाली’ नेताहरूलाई आउँदाे चुनावका लागि टिकट दिन नसकिएको बताउनुभएको हो । उहाँले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि आउँदाे चुनावमा कांग्रेसबाट धेरै ठाउँमा उम्मेदवार नरहेको बताउनुभयो ।
उनले भन्नुभयो, ‘योग्य हुँदाहुँदै पनि कतिपय साथीहरूलाई टिकट दिन सकेका छैनौँ । गठबन्धनको कारणले यस्ताे भएकाे हाे । धेरै ठाउँमा हाम्रा उम्मेदवार छैनन् । तर कांग्रेसको नेतृत्वमा सरकार बनाउने, गठबन्धनको सरकार बनाउने, लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने नै हाम्राे लक्ष्य हो । यसकै लागि हामी निरन्तर लागिरहेका छौँ ।’
महतले नेपाली युवाहरूलाई देशभित्र रोजगारी प्रप्त नभएको कारणले विदेशिनुपर्ने अहिलेको बाध्यतालाई उल्ट्याएर स्थिर, जनताप्रति, अधिकारप्रति समर्पित सरकार निर्माण गर्ने बताए । उनले देशभित्र नै रोजगारी सिर्जना गर्ने, लगानी वृद्धि गर्ने र उद्योगमैत्री वातावरण सिर्जना गर्ने र वातावरणमैत्री अर्थतन्त्रलाई अघि बढाइ देशमा रहेको ठूलो व्यापार घाटालाई कम गर्ने बताए । उनले पूर्वीय सभ्यता, संस्कृतिलाई कतिपय अवस्थामा बेवास्ता गरेको भन्दै आगामी दिनमा प्राथमिकतामा राखेर आफ्नै संस्कृति र सभ्यतालाई अघि बढाउने बताए ।