राजनीति

कर्णालीमा शाहीको सभापतिमा उम्‍मेद्‍वारी

१६ मंसिर २०७८, बिहीबार ०६:१६
कर्णालीमा शाहीको सभापतिमा उम्‍मेद्‍वारी

सुर्खेत । नेपाली कांग्रेसको जिल्लामा अधिवेशन सकिए लगत्तै कांग्रेस प्रदेशतिर केन्द्रित भएको छ । अहिले हरेक प्रदेशमा धमाधम प्रदेश सभापतिको उम्मेद्वारी दिन थालेका छन् ।

यसै बीच कर्णाली प्रदेशमा सभापतिमा संस्थापनइतर रामचन्द्र पौडेलको समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार दिएका छन्। उनी कांग्रेसको युवा संगठन नेपाल तरुण दलका केन्द्रीय महामन्त्री भएका शाहीले पहिलो पटक प्रदेश सभापतिमा उम्मेद्वारी दिने भएका हुन्  ।

आजबाट सुरु हुने प्रदेश अधिवेशनमा कर्णाली प्रदेशका लागि देउवा पक्षका आकांक्षी धेरैउम्मेद्वारीहरुको टुङ्गो लाउन भने सकस नै परेको छ ।

शाही विगत ४ दशक यता नेपाली काँग्रेस सक्रिय रहेका छन्  । उनी कालिकोटको महासमिति सदस्यसमेत हुन् । उनले विगत ४ दशक यता कांग्रेसको युवा र आशालाग्दा नेताको रुपमा पनि हेर्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्