समाचार

म गोरखा आएपछि रेणुको मुड अफ भयो: प्रचण्ड

२९ आश्विन २०७९, शनिबार ०२:४७
म गोरखा आएपछि रेणुको मुड अफ भयो: प्रचण्ड

२९ असोज, गोरखा ।  ४ मंसिरमा हुने निर्वाचनमा गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आएकाले छोरी रेणु दाहालको मुड अफ भएको बताएका छन् ।

‘यही अवस्थामा म फेरि चिनकाङसाङ फर्केको छु । फेरि एउटा राजनीतिक क्रान्ति, फेरि एउटा नयाँ अभियान, नयाँ रुपान्तरणका लागि गोरखा फर्केको छु,’ चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ पार्टी र देशका विभिन्न समस्या समाधानका लागि चिनकाङसाङ फर्किएको चर्चा गर्दै उनले भने, ‘चिनकाङसाङ, जहाँ माओले जनयुद्धको तयारी गर्नुभएको थियो, जहाँबाट छापामार युद्धको सुरु भएको थियो, त्यहाँ जानुभयो र भन्नुभयो म फेरि चिनकाङसाङ आएँ । म पनि त्यहीँ फर्किएको छु ।’

शुक्रबार त्यहाँ पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफू गोरखा जाने चर्चा चलेदेखि नै रेणुको मुड अफ भएको बताएका हुन् ।रेणुले सामाजिक सन्जाल फेसबुमा प्रचण्ड गोरखा जानुलाई चितवनवासीका लागि दुर्भाग्य भएको स्टाटस लेखेकी थिइन् । अनि यसमा भित्री बाहिरी षडयन्त्रकारीको नियत भएको र यसलाई इतिहासले उजागर गर्ने पनि उल्लेख गरेकी छिन् ।

सम्बोधनमा प्रचण्डले रेणुको फेसबुकको यो पोस्टलाई पनि सम्झिएका थिए । उनले यसलाई रेणुको भावनाका कारण यस्तो पोस्ट आएको बताएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्