अन्तर्वार्ता

‘विकाससहितको समृद्ध कालिकोट बनाउने उदेश्यले स्वतन्त्र उम्मेदवारी दिएको हौँ’ – काशिचन्द बराल

२८ आश्विन २०७९, शुक्रबार ०२:२५
‘विकाससहितको समृद्ध कालिकोट बनाउने उदेश्यले स्वतन्त्र उम्मेदवारी दिएको हौँ’ – काशिचन्द बराल

२८ असोज, कालिकोट । “छल्नेलाई भन्दा बदल्नेलाई खोजौं कालिकोट निर्माणको लागि काशिचन्द बराल रोजौं ।” भन्ने एजेण्डासहित चुनावी मैदान हुमिएका छन् । पटक पटक सत्तामा पुगे पनि यहाँ जनताको जीवन स्तर उकास्न नसकेका नेताका बिरुद्ध आफुले स्वतन्त्र उम्मेदवारी दिएको बरालले बताएका छन् ।

बराल भन्छन् ‘ जनताको सेवा नै मेरो पहिलो धर्म हो ।’ म यहिँ ठाउँमा जन्मे यहिँ हुर्के,  यहिँ पढे । यहिँका डाँडा काँडा उकाली ओरालीमा संघर्ष गर्दै यहाँसम्म आएको छु । विकाससहितको समृद्ध कालिकोट बनाउने मेरो योजना रहेको छ । हामीसँग अथा सम्भावना हुँदाहुँदै पनि भ्रस्टाचार, अनियमितता, नेताबाद, कृपावाद र आफ्ना आसेपासेलाई हेर्ने प्रवृति अहिले यो अवस्था शृजना भएको हो ।

 पानि भएर पनि अहिलेसम्म अन्धकारमा बस्न बाध्य छौं । यहिँ ठाउँका नेता ऊर्जा मन्त्रि भए, मुख्यमन्त्री भए खोइ त जिल्लाले गति लिएको । के कालिकोटका जनतालाई संघीय संसदको महसुस गराउन र विकास निकासको लागि आफुले स्वतन्त्र उम्मेदवारि दिएको छु ।

बरालले बौद्धिक तथा समाज सेवी ब्यक्ति हुन् । समाजलाई केहि परिवर्तन गर्ने सकारात्मक सोच्ने राख्ने नेता हुन् । कालिकोटलाई विकास र समृद्ध बनाउन उनी अहोरात्र खटिएका हुन्छन ।

जिल्लामा कसैको दु:ख होस् या सुख हर क्षण जनता कै सुख दु:खमा रमाउने नेता हुन । बराल रास्कोटको मेयर हुँदा कोरोनाको बेला पनि सामाजिक सेवामा तत्पर थिए । बाराले सडक, शिक्षा, स्वास्थ्य, बिधुतलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन । शिक्षालाई अब बैज्ञानिक तरिकाले लिने उनको पहल छ ।

बराल मेयर हुँदा रास्कोटमा हस्पिटल सन्चालन ल्याएका थिए । तर यसको फाइदा अरुले लिने गरेका छन् । यहाँका महिला दिदीबहिनी सुत्केरी हुँदाको पीडाको दायक अवस्था देखेर नगरपालिकामा आएको बजेट स्वास्थ्य क्षेत्रमा खर्च गरे ।

निरन्तरको सहजीकरण र सहकार्यद्वारा रास्कोट अस्पताल निर्माण एवंम् संचालनमा ल्याए । वडा न ९ मा ७५ कि.वा. को सौर्य उर्जा मिनिग्रिड निर्माण र सोही वडा मा लघुजलबिधुत योजना निर्माण सम्पन्न गरे । जिल्लामा पहिलो पटक २६० सदस्यीय श्रम रोजगार बैंक स्थापना गरे।

त्यस्तै, निरन्तरको पहलले सान्तिघाट आरसिपि सडक कालिपत्रे को टेण्डर गराउन सफल आफ्नै पालामा बनाए । माटोको भाडा उत्पादन गर्ने उधोग स्थापना लागायत धेरै धेरै किसिमका काम जिल्ला गरेको बताएका छन् ।

बरालले अहिले सम्म जनतालाई सेवा दिएका कार्य
१. सबै मावि र माविहरुका पक्की भवन निर्माण
२. निरन्तरको सहजीकरण र सहकार्यद्वारा रास्कोट अस्पताल निर्माण एबम संचालन
३. वडा न ९ मा ७५ कि.वा. को सौर्य उर्जा मिनिग्रिड निर्माण र सोही वडा मा लघुजलबिधुत योजना निर्माण सम्पन्न
४. आफ्नै जनशक्ति र आफ्नै एक्जाभेटर को प्रयोग गरि करिब १५० बढी कि.मि. सडक निर्माण
५. समुदाय को जीवन पद्दती उकास्न जीवन प्रबर्द्धन कार्यक्रम संचालन
६. २६० सदस्यीय श्रम रोजगार बैंक स्थापना
७.सहकारी र सरकारको साझेदारी मा सुपथ सहकारि पसल संचालन
८.सबै वडामा स्वस्थ्य चौकी निर्माण एबम सेवा सुचारु
९.बिरामिका लागि एम्बुलेन्स को ब्वबस्था
१०.राष्ट्रिय बाणिज्य बैक स्थापना का लागि सम्पुर्ण पहल सप्पन्न गरि स्थापना को अन्तिम चरण्मा
११. २०००( दुई हजार) घर धुरिलाइ सुधारिएको चुलो बितरण
१२. खरमुक्त छाना भयको नगरपालिकको अभियान अन्तिम चरणमा
१३.कृषि आधुनिकीकरण का लागि स्याउ जोन , पकेट निर्माण , हयाचरी का लागि अनुदान, बोयर बाख्रा श्रोत केन्द्र स्थापना
१४.माटोको भाडा उत्पादन गर्ने उधोग स्थापना
१५.केतुकी प्रशोधान उधोग स्थापना
१७. ३००० हेक्टर जमिन मा थोपा सिचाइको काम अन्तिम चरणमा
१८. रास्कोट मिनि डाटा सेन्टर निर्माण अन्तिम चरणमा
१९. निरन्तरको पहलले सान्तिघाट आरसिपि सडक कालिपत्रे को टेण्डर गराउन सफल
२०. रास्कोटका करिब १८००( एक हजार आठ सय ) घरधुरिमा एक घर एक धारा निर्माण सम्पन्न
२१. संचार समस्या समाधानका लागि ३( तीन) वटा टेलिकम टावर स्थापन भै संचालनको अन्तिम चरणमा
२२.रास्कोट गुरुयोजना निर्माण सम्पन्न
२३. आबश्यक ऎन , कानुन निर्माण गरि राजपत्रमा प्रकाशित
२४.रास्कोट नपाको प्रशाशनिक भवन को निर्माण सुरु भै ४० प्रतिशन निर्माण कार्य सम्पन्न
२५. एकिकृत बस्ती बिकास योजना अनुशार सम्पुर्ण घर निर्माण सप्पन्न को अन्तिम चरणमा
२५. रास्कोट बृहत जलउपयोग परियोजनाको परिकल्पना , बजेट र नपाको क्षमता र श्रोतले नसक्ने भयकाले पहल निरन्तर जारी
२६.समाजबादी अर्थब्वबस्था निर्माण गर्न सक्ने बिकासको मोडालिटीमा निरन्तर अग्रसर

प्रतिक्रिया दिनुहोस्