२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेका छन् ।
मन्त्रिपरिषदबाट जसपाका ४ जना मन्त्रीलाई हटाइएको हो। देउवाले मन्त्रीहरुलाई पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ अनुसार उक्त मन्त्रालयहरुको जिम्मेवारी देउवालाई तोकेकी छिन्।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।