२७ असोज, काठमाडौं । मनसुन र नेपाल भित्रिएको पानी पार्ने प्रणाली कमजोर बनेसँगै मौसम खुल्न थालेको छ । अब ठूलो वर्षाको सम्भावना नरहेकाे मौसमविद्ले बताएका छन् ।
साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीवार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
बेलाबेला बादल लागे पनि ठूलो वर्षाको सम्भावना छैन । तर यसअघिको वर्षाकै कारण पनि पहाडी क्षेत्र र भिरालो जमिनमा पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
महाशाखाले प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
बिहीवार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।