समाचार

प्रचण्डसँग निर्वाचन आयोगले माग्यो सात दिने स्पष्टीकरण

२६ आश्विन २०७९, बुधबार १५:३१
प्रचण्डसँग निर्वाचन आयोगले माग्यो सात दिने स्पष्टीकरण

२६ असोज, काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजागाजासहित गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले प्रचण्डलाई प्रष्टीकरण सोधेको हो। यस विषयमा आयोगले प्रचण्डलाई सात दिनभित्र जवाफ पेश गर्न भनेको छ।

‘यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा एकको खण्ड ण को व्यवस्थाको उल्लघनमा किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र आयोगमा प्राप्त हुने गरी स्पष्टिकरण गर्नहुन निर्णयानुसार अनुरोध गरिन्छ’, आयोगले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्