समाचार

कालिकोटका स्वतन्त्र उम्मेद्वार काशिचन्द बरालले पाए पुतली चुनाव चिन्ह

२६ आश्विन २०७९, बुधबार १३:१२
कालिकोटका स्वतन्त्र उम्मेद्वार काशिचन्द बरालले पाए पुतली चुनाव चिन्ह

२६ असोज, कालिकोट । सत्ता गठबन्धन भए पछि पार्टीमा एक प्रकारको तरंग ल्याएको छ । यस्तै कालिकोटमा माओवादी केन्द्रबाट रुस्ट भएर प्रभावशाली तथा युवा नेता काशिचन्द बराल आगामी प्रतिनिधि सभामा बागी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कालिकोटका प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्वार बरालले पुतली चुनाव चिन्ह पाएका छन् । कालिकोट जिल्लाको अवस्था बदल्न, यहाँका तमाम समस्याहरुको समाधान गर्न, रोजगारी सृजना  गर्न, आम जनसमुदायको जीवनस्तर उकास्नका निमित्त, सहकारि आन्दोलन मार्फत क्रान्तिका सपना साकार बनाउनका लागी यो उम्मेदवारी दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्