२६ असोज, काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन पाउँछन्।
उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी र्फिता लिन सकिने आयोगले जनाएको छ । विभिन्न पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ । उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृत कार्यालयमा गएर निवेदन दिनुपर्नेछ।
सत्ता गठबन्धनले आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको छ। नेपाली कांग्रेसले तोकिएको समयभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए स्वत: कारबाहीमा परेको मानिने बताएको छ।