२३ असोज, रौतहट। नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। आइतबार रौतहटको क्षेत्र न३ को निर्वाचन कार्यालयमा साहले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनले जसपाका अधिकांश स्थानीय नेतालाई एमालेमा प्रवेश गराएको र पछिल्लो समय पार्टीले जसपासँगै गठबन्धन गरेपछि उनले नयाँलाई मन बुझाउनका लागि स्वतन्त्र उम्मेदवारी दिएको आकलन गरिएको छ।
रौतहटको कटहरियास्थित प्रतिष्ठान भवनमा उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेपछि उनका प्रतिनिधिले कटहरियास्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका थिए।
उनले टिकट आफूसँगै भए पनि स्वतन्त्र उम्म्दवारी दिएको बताए। पूर्व मन्त्रीसमेत रहेका नेता साह एमालेमा बलियो उम्मेदवारका रुपमा हेरिएका थिए। तर उनको स्वतन्त्र उम्मेदवारीले बहसको विषय बनाएको छ।