समाचार

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

१६ मंसिर २०७८, बिहीबार ०२:५२
अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

बाँके: बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ ।

गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा सुरु भएको हो । सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक उक्त शीतगृह भवनको बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पूजापाठ गरी शिलान्यास गरेका छन् ।

करिब १३ कट्ठा जग्गामा रु छ करोड सात लाख ५४ हजारको लागतमा निमार्ण हुने शीतगृह अत्याधुनिक प्रविधिको हुनेछ । “हामीले सात सय मेट्रिक टन क्षमताको शीतभण्डारण निर्माण कार्य शुरु गरिसकेका छौँ ।

गाउँपालिकाका अध्यक्ष चौधरीले भने आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल भण्डारणमा यसले सहयोग पुर्याउँछ ।

उनले आलुलगायतका तरकारी र फलफूल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताए ।

शीतगृहसँगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, पर्खाललगायतका संरचनासमेत निर्माण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए । शीतगृहको निमार्णपछि डुडुवा गाउँपालिका तथा आसपासका पालिकाका किसान लाभान्वित हुने छ । रासस

प्रतिक्रिया दिनुहोस्