समाचार

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति [सूचीसहित]

२२ आश्विन २०७९, शनिबार ०१:२०
सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति [सूचीसहित]

२२ असोज, काठमाडौं ।सत्ता गठबन्धनका दलहरुको शुक्रबार रातिसम्म बसेको बसेको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको छ।

जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई ८ देखि १० सिट दिने गरी भागबन्डा गरिएको हो । प्रतिनिधि सभाको १ सय ६५ मध्ये १ सय ६१ सिटको भागबन्डा मिलेको र यो सूचीमा आज शनिवारसम्म तल–माथि हुन सक्ने नेताहरूले बताएका छन् ।

शुक्रबार बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए। बिहीबारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो। जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ।

बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले लोसपालाई पनि मिलाउने गरी कांग्रेसलाई प्रतिनिधिसभाका ९८ सिट दिने सहमति गरेको हो । यस्तै  नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्