१७ असोज, हुम्ला । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद छक्कबहादुर लामा एमाले प्रवेश गर्ने भएका छन् ।
अघिल्लोपटक माओवादीले टिकट नदिएपछि बागी उठेर जितेका लामा पछि माओवादीमै समाहित भएका थिए । अहिले टिकट वितरणका क्रममा किचलो भएपछि लामा एमाले प्रवेश गर्न लागेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमवार विशेष कार्यक्रमका बीच लामालाई पार्टीमा स्वागत गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ । माओवादीमा बौद्धिकता र परिपक्वताको कदद नभएको उनले बताएका छन् ।
एमाले केन्द्रीय सदस्य दलबहादुुर रावलले लामा एमालेमा प्रबेश गरेको जानकारी दिए । उनका अनुसार बालकोटमा प्रबेश कार्यक्रम राखेर अध्यक्ष ओली तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले खादा तथा टीका लगाएर लामालाई पार्टी प्रबेश गराए ।
“माओवादीमा परिपक्वताको कदर भएन । काँचा मान्छेलाई माथि पुर्याउने तर योगदान गरेकालाई अवसरबाट बञ्चित गराउने काम भयो,” उनले भने, “त्यो विभेद सहेर म बच्चाहरु भन्दा तल बस्ने कुरा पनि भएन ।” निर्णय प्रक्रियामा गुटबन्दी गरेको भन्दै उनले माओवादीमा पारदर्शिता नरहेको आरोप लगाए ।