खेलकुद

मिति खुलाएर सन्दीप लामिछानेले भने – नेपाल आउँदै छु, कानुनी लडाई लड्छु

१५ आश्विन २०७९, शनिबार ०७:२४
मिति खुलाएर सन्दीप लामिछानेले भने – नेपाल आउँदै छु, कानुनी लडाई लड्छु

१५ असोज,  काठमाडौं। बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले आफू यही असोज २० गते नेपाल फर्किने बताएका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफू कानुनी लडाइ लड्न २० नेपाल फर्किने बताएका हुन्।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ  । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

शनिवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले नेपाल आएर आफूमाथि लागेका गलत आरोपविरुद्ध कानूनी लडाइँ लड्ने जनाएका छन् । उनले आफू निर्दाेष रहेको दाबी गर्दै न्यायप्रणालीमा विश्वास रहेको समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्