१३ असोज, काठमाडौं । बुधबार मध्य रातमा पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटको अन्तिम समझदारी भएको छ । बिहीबार यसलाई औपचारिक रूपमा घोषणा गरिनेछ ।
नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्र ४७ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टी १३ सिट र राष्ट्रिय जनमोर्चा २ सिट लिने फाइनल सहमति भएको कार्यदलका एक सदस्यले बताए । सिट संख्या टुंगो लागेपनि क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ । ति क्षेत्रमा समेत सहमति नजिक भएपनि नेताहरु फाइनल पुग्न सकेका छैनन् ।
कांग्रेसले ८३ सीट लिने फाइनल भइसकेको छ । अरु कांग्रेसले पाउनुपर्ने चार क्षेत्रमा माओवादी, एकीकृत समाजवादी र जसपाको दाबी भएकाले सहमति हुन बाँकी छ ।
अन्तिममा कांग्रेस ८५ सिटसम्ममा सहमत हुने कार्यदलका अर्का सदस्यले बताए । जसमा मोरङ क्षेत्र नम्बर तीनमा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमति हुन सकेको छैन । दोलखा र रामेछाप दुबै कांग्रेसले दाबी गरेपछि माओवादी दुई मध्ये एक सीट पाउनुपर्ने दाबी नछोडेकाेले सहमति हुन सकेको छैन ।
धनुषा क्षेत्र नम्बर ४ कांग्रेसले पाउनुपर्नेमा जसपा र दैलेख एकमा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीले दाबी गरेकाले सहमति हुन बाँकी छ ।
समझदारी भएका क्षेत्र :
कांग्रेस :
पाँचथर, इलाम–२, झापा–१, २, ३, संखुवासभा, मोरङ १, २, ३, ६, सुनसरी २, ३, र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी ४, सिरहा १, सिरहा २ र ३ मध्ये १, धनुषाका ४ मध्ये २, महोत्तरी २, सर्लाही ४, रौतहट ४, बारा १, सिन्धुली १, रसुवा, धादिङ २, काठमाडौं १, ३, ४, ५, ६, भक्तपुर–२, ललितपुर–१, २, काभ्रे २, सिन्धुपालञ्चोक २, मकवानपुर १, चितवन २, मनाङ, कास्की ३, स्याङ्जा १, तनहुँ–१, नवलपुर १, २, मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, दाङ–३, अर्घाखाँची, रूपेन्देही ३, कपिलवस्तु २, बर्दिया १, नवलपुर १ र २, सुर्खेत १ र २, बाजुरा, अछाम–२, कैलाली–४ र ५, दार्चुला, डडेलधुरा, कञ्चनपुर २ र ३, काभ्रे, २, सिन्धुपालञ्चोक–२, गोरखा–२, बाँके ३, बर्दिया–१ नवलपरासी (बर्दघाट सुस्ता–१), नवलपरासी (बर्दघाट सुस्ता) २, मुगु र जुम्लामध्ये एक, हुम्ला, दैलेख १ र २ मध्येबाट एक, सर्लाहीका चारमध्ये दुई, पर्साको ४ मध्ये १, धनकुटा कांग्रेसले पाउने करिब सहमति छ ।
माओवादी :
झापा ४, ५, भोजपुर, सर्लाही ३, सिन्धुली २, नुवाकोट २, चितवन ३, कालीकोट, रुकुम पूर्व, दाङ–२, रुकुम पश्चिम, बागलुङ–२, कञ्चनपुर १, काभ्रे १, सिन्धुपालञ्चोक–१, गोरखा–१, बाँके १, बर्दिया–२, सिरहा–३ र ४ मध्ये १, महोत्तरी–१, रौतहट–३, मोरङ, ४ र ५ मध्ये १, जाजरकोट, हुम्ला र दैलेख १, २ मध्ये १, मुगु र जुम्लामध्ये १, बाँके १ र ३ मध्यबाट १ ।
नेकपा एस :
ताप्लेजुङ, इलाम–१, रौतहट १, काठमाडौं ८, कास्की २, गुल्मी २, रूपन्देही २, डोल्पा, बारा–१, पाल्पा–२, दाङ–१,
जसपा :
सप्तरी २, ३, महोत्तरी ३, बारा २, काठमाडौं ७, कपिलवस्तु ३, बाँके २, सिरहा ३ र ४ मध्ये १, धनुषा ४ बाट १, सर्लाही ४ क्षेत्रमा २, पर्साका ४ क्षेत्रमध्ये ३ वटा, सुनसरी–१,