१३ असोज, काठमाडौं। नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला समूहले दशैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
बिहीबार बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा चिायापन कार्य्रकमको आयोजना गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै सो समूहले खबरदारी सभा, पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना लगायत कार्यक्रम गरिसकेको छ ।
समानुपातिकतर्फको सूची सच्याउनुपर्ने र पार्टीमा सिट संख्याको ४० प्रतिशत हिस्सा आफूहरुलाई दिनुपर्ने सो समूहको माग छ ।