समाचार

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्रलाई मातृशोक

१३ आश्विन २०७९, बिहीबार ०३:३२
बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्रलाई मातृशोक

काठमाडौं :  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ।

पाण्डेका आमा मनमाया पान्डेको ८७ वर्षको उमेरमा बिहान निधन भएको हो । राजेन्द्र, सुरेन्द्र, ज्ञानेन्द्र पाण्डे, उपेन्द्र पाण्डे र दिपेन्द्र पाण्डेसहित पाण्डेका पाँच दाजुभाइ छन् ।

कान्छो छोरा दिपेन्द्रसंग काठमाडौस्थित सितापाइलामा बस्दै आएकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्यस्टी गर्ने कार्यक्रम छ ।मुख्यमन्त्री र नेता पाण्डेले आफ्ना राजनीतिक कार्यक्रम सबै स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्