राजनीति

शेखर कोइराला समूहले दियो पार्टी कार्यालयमा धर्ना

१२ आश्विन २०७९, बुधबार १२:०७
शेखर कोइराला समूहले दियो पार्टी कार्यालयमा धर्ना

१२ असोज, काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ।

आगामी निर्वाचनका लागि उमेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग कोइरालाले छलफल गरेका हुन् ।

डा. कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिएको हो।  कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित छ।

छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने छैनन् । नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायतसँग छलफल गरिरहेका छन् ।

 इतर समूहका नेताहरुको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ। सभापति शेरबहादुर देउवा पक्षले सुरुमा राखिएका इतर समूहका नेताहरुको नाम पनि बन्द सूचीबाट हटाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्