११ असोज, काठमाडौं । कर्णाली प्रदेशबाट समानुपातिकमा पर्न सफल भएकाहरूको सुचि हेर्दा यो अत्यन्तै असन्तुलित, अव्यवाहारिक र अन्न्यायपुर्ण भएको भन्दै कालिकोटका युवा तथा प्रभावशालि नेता भुपेन्द्र जंग शाही रुस्ट भएका छन् ।
सधै कर्णालीलाई राज्य र पार्टीले दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गर्छ ? के हामी सौतेनी आमाका छोरा हौँ ? सभापति शेरबहादुर देउवाको समूहले गरेको निर्यण प्रति मेरो घोर विरोध रहेको प्रभावशालि नेता शाही बताएका छन् ।
निर्वाचनको मुखमै हाम्रो पार्टीमा जुन किसिमको विवाद भएको छ । यो निकै दुखत कुरा हो । यस्तो कुराबाट काँग्रेसका कुनै पनि नेता खुसी छैन । हामी युवाहरु कांग्रेस बिजयको अभिनय लिएका गाउँ गाउँमा जान चाहान्छौ । नेपाली काँग्रेसका असन्तुष्टि समूह अन्दोलनमा लाग्नु भएको छ । उनीहरुको चाहना पनि कांग्रेस बिजयको गराउने अभिनयमा लाग्नु भएको शाहीले बताए ।
पार्टीको जिम्मेवारी पदमा बसेका सभापति देउवा हाम्रो अभिभावक हुनुहुन्छ । पार्टीको बारेमा मलाई भन्दा त पार्टीको सभापति देउवा चिन्ता होलानी । हामीले सभापति देउवाको विरोध गरेका होइनौं । उहाँको नाम थर प्रति हाम्रो आपत्ति छैन । तर हाम्रो विरोध भनेको रचनात्मक विरोध हो । हामीले त उहाँलाई सुझाव सल्लाह दिएका हौँ । पार्टीलाई थप बलियो बनाउने सुझाव दिएको प्रभावशालि नेता भुपेन्द्र जंग शाहीले बताए ।
भुपेन्द्र जंग शाही लेख्छन ‘ मेरा पनि हजार कमजोरी छन । म सबै कुरामा पुर्ण छैन । मैले अझै धेरै कुरा सिक्न, बुझ्न र गर्न बाकी छ । तपाईंहरुको न्यानो माया सङ्गै रचनात्मक आलोचना, सकारात्मक सुझाव सल्लाह मेरा लागि सधै स्वीकार्य छ। जिन्दगीको बाँकी यात्रामा तपाईंहरूको हरेक राय सल्लाह सुझावलाई मध्यनजर गरेर अगाडि बढ्नेछु । तर आगामी चुनावमा मैले लड्नै पर्ने मेरो बाध्यता र परिस्थिति छ। कृपया त्यसैले यो पटक मलाई यसो उसो नभनि दायाँबायाँ नगरि मलाइ शुभेच्छा शुभकामना, सदभाब, समर्थन र सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।
आफुले राम्रो जित्ने सुनौलो अवसर रहेको छ । आफु जित्ने फिक्स छ । राम्रो दाउको पर्खाइमा रहेका शाही ब्यक नहुने बताएका छन । अहिले राम्रो माहोल र आफू जित्ने पक्का पक्की भएको बेला माओवादीलाई नछाड्ने अडानमा भुपेन्द्र जंग शाही रहेका छन । सत्ता गठबन्धनले गरेको निर्यण स्वीकारी हुने छैन । आफुलाई टिकट नदिए पनि आफु बागी उम्मेदरीसमेत दिने भुपेन्द्र जंग शाहीले चेतावनी दिएका छन् ।
फेरी लेख्छन ‘कर्णाली प्रदेशबाट समानुपातिकमा पर्न सफल भएकाहरूको सुचि हेर्दा यो अत्यन्तै असन्तुलित, अव्यवाहारिक र अन्न्यायपुर्ण छ। पार्टिमा दु:ख गरेका, योगदान गरेका, पार्टीलाई जिवन दिएका, रगत पसिना बगाएका पार्टीका नेता कार्यकर्ता हरुलाइ पन्छाएर नितान्त आफ्ना व्यक्तिगत मान्छेहरुलाई मात्र समावेश गरिएको यो सुचिले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बलियो होइन कमजोर बनाउछ । पार्टीमा सबैको भावना, फरक बिचार, सबै क्षेत्र, सबै जाति, सबै बर्ग र सबैको प्रतिनिधित्व हुने गरि समानुपातिक सुचिलाइ तत्काल सच्चाएर कर्णालीका दु:ख गरेका, संघर्ष गरेका, रगत बगाएका, ज्यान दिएका शहिद परिवारलाई समेटेर नयाँ सुचि बनाइयोस। अन्यथा यसवाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी जसले यो सुचि एकलौटी बनायो उसैको नै हुनेछ। निर्वाचनमा खटिदा खेरि पार्टिलाई एक ढिक्का, एकमत, एकताबद्ध र पुर्ण सहमतिका साथ गएर नेपाली काङ्ग्रेसलाई बिजयी गराउन लाग्नु पर्नेमा एकलौटी र मनोमानी गर्नु दुर्भाग्य पुर्ण हो। यो सुचि तयार गर्दा हामि सङ्ग कुनै पनि सर-सल्लाह, राय-सुझाव र हाम्रो भावना नसमेटिएको समेत स्पष्ट पार्न चाहन्छु।
शाही कांग्रेस १४ औं महाधिवेशन कर्णाली प्रदेशका सभापतिका प्रत्यासी हुन् । उनी २०७० साल र २०७४ गरि दुई चोटी प्रतिनिधि सभा चुनाव लडेका छन् । उनले दुवै चोटी प्रत्यासी भए ।
तर २०७० को भन्दा २०७४ को चुनावमा डब्बल मत ल्याएका थिए । यो चोटी राम्रो अवसर र जित्ने पक्का पक्की जस्तै रहेको भुपेन्द्र जंग शाहीले बताएका छन् ।