राजनीति

बैतडी कांग्रेसद्वारा एक्लै चुनाव लड्ने निर्णय

११ आश्विन २०७९, मंगलवार ०२:३८
बैतडी कांग्रेसद्वारा एक्लै चुनाव लड्ने निर्णय

११ असोज, बैतडी ।  नेपाली कांग्रेस बैतडीले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

 सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो। जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय संसदको लागि गठबन्धन दलहरूका तर्फबाट नेपाली कांग्रेसले टिकट पाउनु पर्ने अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।

महिला, खस-आर्य, दलित सबै कोटामा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो। बैठकमा काठमाडौँमा उपलब्ध जिल्ला कार्यसमितिका पदाधिकारीका लगायत अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो। गठबन्धन दलहरुबीच कसले टिकट पाउने भन्ने निर्णय नभइ सकेको अवस्थामा बैतडी कांग्रेसको यस्तो निर्णय बाहिर आएको हो।

प्रतिक्रिया दिनुहोस्