९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता सहित चितवन गएका हुन् ।
उनी चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका सचिवालयले जनाएको छ। सीता लामो समयदेखि ओछ्यान परेकी छन् । सीतालाई खाना खुवाउन पनि सहयोगी चाहिन्छ । उनलाई गाडीमा राखेर चितवन लगिएको हो ।
दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने चिकित्सकहरु बताउँछन् ।