समाचार

नेपाली कांग्रेसले समानुपातिक बन्दसूची आयोगमा बुझायो

९ आश्विन २०७९, आईतवार ०४:२८
नेपाली कांग्रेसले समानुपातिक बन्दसूची आयोगमा बुझायो

९ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् ।

जसमा विमलेन्द्र निधिदेखि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको समेत नाम समाविष्ट छ । उक्त बन्दसूची सार्वजनिक भएसँगै यता शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो ।

नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस्