नेपाली चलचित्र

नेपालमा प्रदर्शन नहुँदै ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक

८ आश्विन २०७९, शनिबार ०९:४६
नेपालमा प्रदर्शन नहुँदै ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक भएको छ।

चलचित्र संवद्ध स्रोतका अनुसार यो चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको जनाइएको छ ।

नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। फिल्मले नेपालमा मात्रै सुरुको दुई दिनमा ५ करोडमाथिको कमाइ गर्ने अनुमान गरिएको छ।

यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गित ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो । इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा ‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा पनि अपेक्षित मात्रामा शो प्राप्त गर्न भने सकेको छैन यस्तो अवस्थामा फिल्मको हिन्दी संस्करण नेपालमा रिलिज हुनुपुर्वनै लिक हुनाले फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्