राजनीति

जनताले नेशनल शाहीलाई किन भोट दिने ? यस्ता छन् एजेन्डा

७ आश्विन २०७९, शुक्रबार ०१:३२
जनताले नेशनल शाहीलाई किन भोट दिने ? यस्ता छन् एजेन्डा

६ असोज, कालिकोट । कालिकोटका युवा, साहित्यकार, बौद्धिक तथा प्रभावशाली नेता नगेन्द्र शाही (नेशनल)ले प्रतिनिधि सभाको चुनावमा आफ्नो उम्मेद्वारी घोषण गरेका छन । उनी नेपाल कम्युनिस्ट पार्टी एमालेबाट प्रतिनिधि सभाको चुनावमा सिफारिस भएका हुन ।

उनी कालिकोटको बिकास र समृद्धको लागि सधैं आवज उठाउने युवा नेता हुन । तर देशभित्रै अनेकौँ बेथिति, विसङ्गति, भ्रष्टाचार, अनियमितताले गर्दा देश खोक्रो बनिसकेले महिले प्रतिनिधि सभाको चुनावमार्फत राजनीतिक मैदानमा ओर्लिएको हौँ । राजनीतिमा निराश नभई आशा भएको उनको भनाई छ ।

केन्द्रले हेर्ने दृष्टिकोण कसरि परिवर्तन गर्ने सोचमा हुनु हुन्छ  ?

केन्द्रका जनतासँग अथा सम्भावना छ । बजारीकरण, शिक्षित, आर्थिकस्तरले पनि बलियो भएका कारण हामीलाई दोस्रो जनताको नागरिको दर्जामा हेर्ने गरेका छन् । कर्णालीमा अथा सम्भावना छ । हामीसँग पहाड छ त्यहि पहाडभित्रै हामीले सम्भवा खोज्ने हो । पहाडलाई तराई बनाउँछु भनेर हामीले कहिल्यै सक्दैनौं। हामीसँग जे छ त्यहिलाई ब्राण्ड बनाउनु पर्छ । हाम्रो पुर्खाले भन्नु हुन्थो “सुनमा सिरानी हालेर नुन खोज्न भोट तिर गयो ” यो दुबिदा हो । यसको तात्परे यहाँ जनता सिरानीमा अथा सम्पति राखेर नुन खोज्न नेपालगञ्ज तिर आउंथे ।

कर्णालीमा सुन खानी छ । कर्णाली हिराको टुक्रा हो । कर्णाली सुन्दरता झल्काउने प्रदेश हो । भने हामी कसरी अरु सामु झुक्ने । हामीसंग सबै छ । अब हामी होइन । केन्द्रका जनता कर्णालीलाई खोज्दै आउने बनाउने हाम्रो पहल हो । गाउँघरमा एक उखान भन्छन नि “हाट हराएपछि बाटोमा खोजे भेटिन्” । हामीले जस्तो फल रोप्छौँ । उस्तै पाउन्छौँ । हामीले चयन गर्दा खेरि नै । नेताको दृस्टीकोण, भिजन, क्षमतामा भर पर्छ ।

जब जनताले पाँच वर्षसम्म भैतिक पूर्वाधारको विकास गर्नको लागि निर्वाचित गरेर पठाए मात्र तर फेरी फर्केर हेर्ने प्रयास समेत गरिन् । अब यसको लागि आफुलाई अवसर दिनुहोस् ।  म कालिकोटको कायापलट गर्दिन्छु भनेर नेसनल शाहीले बताए ।

कालिकोटको समग्र बिकासमा यति गर्छु भनेर । आफुले निर्वाचित हुँदा नै सोच्नु पर्छ । त्यो कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बनाउनु भएन होला । सत्तको दुरुपयोग गरि । “काल पर्खिने दिन खाने भए कालिकोटका नेता”। दुर्दर्सिता नेताको आवश्यक पर्छ त्यो म सँग छ ।

कालिकोटमै जन्मे, यहिँ हुर्के बढे, यहिँकै रहनसहन, भेषभूषा, रितिरिवाज, चालचलन राम्रोसँग बुझेको छु । आफुले सत्ता बाहिर बसेर जनतालाई धेरै नै गुण लगाउने मौका पनि पाएको छु । अब कालिकोटको विकास र समृद्धि लागि एक आफुलाई अवसर दिएर हेर्ने पालो जनताको रहेको नेसनल शाहीले बताए ।

जनताको स्वास्थ्य, शिक्षा र खानेपानी पूर्णरुपमा सरकार दायित्व हो । सरकारले हेर्न भने हामी अर्को तरिकाले संसद भवनमा घेर्ने पहल छ । के सधैं कालिकोट शिक्षा र स्वास्थ्यबाट बन्चित हुने ? के गरिब जनताका छोराछोरीले स्वास्थ्य र शिक्षा कहिले महसुस गर्ने ? अझै कालिकोटमा सुत्केरी हुन नसकेर कहिलेसम्म यहाँका दिदीबहिनी कलिलै उमेर मै ज्यान गुमाउने ? यस्तै जनताको प्रश्नको कदर गर्दै आफुले प्रतिनिधि सभामा  उम्मेद्वारी घोषण गरेको नेशनल शाहीले बताए।

(आउँदो चुनावका लागि कालिकोटका उम्मेदवारबारे उनीहरूको परिचय र मतदाताको भनाई हामी क्रमशः सार्वजनिक गरिरहेका छौँ । यस पटक एमालेका उम्मेदवार नगेन्द्र शाहीपछि अरु उम्मेदवारबारे पनि सोधी खोजी गर्दै मतदाताको भनाई प्रकाशित गर्नेछौँ सम्पादक)

प्रतिक्रिया दिनुहोस्