समाचार

काठमाडौं –२ बाट चुनाव लड्ने रवि लामिछानेको तयारी

६ आश्विन २०७९, बिहीबार ०६:२५
काठमाडौं –२ बाट चुनाव लड्ने रवि लामिछानेको तयारी

६ असोज, काठमाडौं।  आमा जनता र युवाका ढुकढुकीकी टेलिभिजन कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् ।

काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले यसअघि काठमाडौं–५ वा २ मध्ये एक क्षेत्रबबाट चुनाव लड्ने योजना बनाएका थिए । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर उनी राजनीतिक आएका हुन् । स्वतन्त्र उम्मेदवारीप्रति जनताको मनमा हर्ष र उत्साह छ । त्यसैले गर्दा रबि पत्रकारिता छाडेर राजनीतिकका कदम चलेका छन् । रबि कति सफल हुन्छन् । वा हुँदैन । मंसिर ४ गते पछि थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्