समाचार

भारतबाट घर फर्केकै दिन श्रीमतीको हत्या

६ आश्विन २०७९, बिहीबार ०५:०६
भारतबाट घर फर्केकै दिन श्रीमतीको हत्या

६ असोज, धनगढी। कैलालीमा एक महिलाको हत्या भएको छ ।

 कैलालीको गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नामजाली मगरको बुधबार राति हत्या भएको छ । उनको हत्या भारतको रोजगारीबाट फर्केकै दिन श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको प्रहरीको भनाइ छ ।

उनले आफ्नी १७ वर्षीय छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएका छन्। घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

छोरा विजय नामजाली भने सामान्य घाइते अवस्थामा रहेको छ । घटनापछि फरार रहेका शेरबहादुरलाई पक्राउ गरिसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्