राजनीति

प्रतिनिधि सभामा नेशनल शाहीको उम्मेद्वारी किन ?

५ आश्विन २०७९, बुधबार १२:१८
प्रतिनिधि सभामा नेशनल शाहीको उम्मेद्वारी किन ?

५ असोज, कालिकोट । कालिकोटका युवा, साहित्यकार,  बौद्धिक तथा प्रभावशाली नेता नगेन्द्र शाही (नेशनल)ले प्रतिनिधि सभाको चुनावमा आफ्नो उम्मेद्वारी घोषण गरेका छन ।

उनी नेपाल कम्युनिस्ट पार्टी एमालेबाट प्रतिनिधि सभाको चुनावमा सिफारिस भएका हुन । उनी कालिकोटको बिकास र समृद्धको लागि सधैं आवज उठाउने युवा नेता हुन । नेशन गरिब, दुखी, असाहय, वृद्धि, अपांगता भएका ब्यक्तिको घाउको मलम बनेका हुन्छन ।

२०४९ साल देखि विद्यार्थी राजनीतिक हुँदै अहिले कालिकोट जिल्ला इन्चार्ज समेत हुन् । शाही राजनीतिकसंगै साहित्यिकमा उतिकै रुची राख्छन । शाहीले हालसम्म “कर्णाली भित्रको द्वन्द’, ‘नेपाल भित्रको कर्णाली’, ‘कर्णालीको विकास’का समेत लेखक हुन् ।

नेशनल रास्ट्रिय पत्र पत्रीका र विभिन्न अनलाइनहरुको सम्पादन र स्तम्भकारसमेत रहेका छन् । नेशनल संग्रह कालिकोटको विकास र समृद्धिको लागि सधै कलम चलाएका हुन्छन ।

तपाईको उम्मेदवार किन ?

कालिकोट र कालिकोटका जनतालाई आत्मसम्मान सहितको कालिकोट बनाउनको निम्ति आफ्नो उम्मेदवार दिएको हु । कालिकोटका जनतालाई अपहेलित र दोस्रो दर्जाको नागरिक जस्तो गरेको हामीले महसुस गर्छौं ।

विकासकाको सन्दर्भमा पनि कालिकोट, कर्णालीलाई मूल प्रभाविक्रम ल्याउनको लागि भिजन भएका नेता, डायनामिक लिडरसिप चाहियो, संसदमा पनि कर्णालीका बारेमा खुलेर बोल्ने डायनामिकसिप नेता चाहियो त्यो केवल महिले मात्र गर्न सक्छु । त्यसको लागि मलाई अवसर दिनु पर्छ ।

त्यो संगै बालक देखि युवा अवस्थासम्म आइपुग्दा ।  हामी संग पाखापखेरा छन, भौगोलिक जटिलता छ यहीँ भित्र सम्भावना खोज्न पर्छ। त्यो सकिन्छ । त्यसका निम्ति जनता संग जोडिएको र भूगोल बुझेको नेतृत्व चाहिन्छ । प्राकृतिक, भौगोलिक र यहाँका आम जनताको नेचर राम्रोसँग बुझेको छु। त्यस अनुसार बिकासको मुल फुटाल्नु पर्छ ।

यहाँ राइट मेन राइट पिलेस, भयो भने राइट एक्सन हुन्छ र परिणामपनि सकारात्मक हुन्छ नत्र अहिलेको हाम्रो प्रदेशको हालत हुन्छ। भन्छन नि त्यो भएको छैन । आवश्यक एकातिर हुन्छ । अर्को तिर बजेट विनियोजन हुन्छ । यसले गर्दा कहिले विकास हुन्छ ?

अब कालिकोटले आफ्नो आइडीटिटी बनाउनु पर्छ । हालसम्म कालिकोटको आइडीटिटीके गरिबी, अशिक्षा, बिकट बाहक के त । अब यसलाई परिवर्तन गर्नु पर्छ । त्यसैले महिले उम्मेदवार दिएको हौ ।

विकास गर्नको सबैभन्दा पहिला नेता आत्मनिर्भर बन्नु पर्छ । नेता बिदेशीको डलर, जनताको रगत पसिना खाने चलनको अन्ते गर्नु पर्छ । आफ्नो व्यक्तिगत स्वार्थको लागि जागिरमा हाल्ने, झुटो आससन दिने प्रबृतिको अन्ते गर्ने मेरो पहिलो एजेन्डा हो ।

कालिकोटका जनतालाई आत्मनिर्भर बनाउनको लागि अभिमुखीकरण तालिम सहितको नयाँ र बैज्ञानिक तरिकाले उत्पादनमा जोड दिने जस्तै रिठो, सुपारीको पात, जडीबुटी, कालिकोटमा उत्पादन हुने अर्गानिकलाई विदेशमा बेचेर आत्मनिर्भर गर्ने मेरो अर्को एजेन्डा हो ।

संसारका सबै भन्दा उत्पादन गर्ने पुर्व देखि पश्चिमसम्म सबैको आयस्रोत भनेको जमिन हो । संसारका जिन्सुकै मान्छे खानी बेचेर धनि भएका हुन् । आफुसँग जे छ त्यहि गर्ने हो जस्तै तराईका उत्पादनको लागि जमिन छ । यहाँ जनता धान बेचेर धनि भए । काठमाडौँ मान्छे जग्गा बेचेर धनि भए । तर कालिकोटमा डाँडा, पहाड चट्टान मात्र छ यहाँ के बेच्ने । डाँडा, पहाड चट्टानको भ्यालु नै छैन ।

अब यसो लागि संसदकोषबाट जिल्लाको प्रत्यक स्थानीय तहमा कम्तिमा ५० हजार सम्म रिठो लगाउने बातावरण गराउने । एक व्यक्तिले एक सय रिठो रोप्यो भने कम्तिमा एक रिठोको ५० रुपिया भो भने १०० को ५ हजार हुन्छ । यस्तो गर्दा जनतालाई रोजगारसंगै आत्मनिर्भर हुन्छन ।  आत्मनिर्भर हुन् जनता धनि हुनुपर्छ । गोजीमा सुक्को पैसा नै छैन भने कसरि जनता आत्मनिर्भर हुन्छ । त्यसैले सबै भन्दा पहिले जनतालाई आत्मनिर्भर हुने बैज्ञानिक तरिका र नयाँ डंग पहल गरेको शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्