नेपाली चलचित्र

अन्ततः ‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

५ आश्विन २०७९, बुधबार ११:२२
अन्ततः ‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

५ असोज, काठमाडौँ । चलचित्र विकास बोर्डले हिन्दी संस्करणमा तयार भएको फिल्म ‘प्रेमगीत ३’ लाई विदेशी फिल्म मान्दै सेन्सरका लागि अनुमति दिएको छ।

विवाद, रस्साकस्सी र आरोप-प्रत्यारोप । यी सबथोकपछि अन्ततः चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता पाएको छ ।

वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।

वितरक मनोज राठीले विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर प्रेमगीत ३ को हिन्दी संस्करण प्रदर्शन हुने बताए । उनका अनुसार फिल्मले ३० हजार भन्सार शुल्क पनि तिरेको छ ।

त्यसपछि विकास बोर्डले निर्माता संघसहितका संस्थालाई बोलाएर छलफल गरेका थिए । आगामी शुक्रबार अर्थात् असोज ७ बाट नेपालमा प्रेमगीतको नेपाली र हिन्दी दुवै संस्करण तथा भारतमा हिन्दी संस्करण प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्