समाचार

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल

५ आश्विन २०७९, बुधबार ०४:०७
सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल

५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ।

सत्ता गठबन्धनबीच मंसिर ४ मा हुने संघ र प्रदेशको चुनावमा सिटको बाँठफाँटको लागि नियमित बैठक बस्दै आएको छ । आज बिहान बस्ने बैठकमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकाे विषयबारे पनि छलफल हुने जनता समाजवादी पार्टीका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।

राष्ट्रपतिले पुनर्विचारको लागि फिर्ता गरिएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हुबहु पारित भएको थियो । प्रतिनिधसभाबाट भदौ २ र राष्ट्रियसभाबाट भदौ १७ गते जस्ताको तस्तै पारित भएको विधेयक सभामुख सापकोटाले भदौ २० गते दोस्रो पटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको लागि पुर्‍याएका थिए । तर राष्ट्रपति भण्डारीले भने उक्त विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्