समाचार

जनार्दन शर्मालाई लिएर प्रचण्ड सोलुखुम्बु

३ आश्विन २०७९, सोमबार ०७:२८
जनार्दन शर्मालाई लिएर प्रचण्ड सोलुखुम्बु

३ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको सम्बन्धमा सुधार देखिएको छ ।

समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर सोलुखुम्बु गएका हुन् । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

पार्टीको पदाधिकारी चयनमा असन्तुष्टि राखेका शर्माले केही दिनअघि सार्वजनिक कार्यक्रममै अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । उनले उपमहासचिव पद पनि अस्विकार गरेका थिए । तर, दुई साता नबित्दै अहिले अध्यक्ष दाहाल र नेता शर्माको सम्बन्ध सुधार भएको देखिएको छ ।

पार्टी पदाधिकारी बैठक स्थगित गरेर प्रचण्ड सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको प्रदेश अध्यक्ष नेम्वाङले बताए । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम राखिएकोर्कबहादुर नेम्वाङले बताए । अरु पार्टी प्रवेश र भेला समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्