समाचार

टुंगो लागेन माओवादी केन्द्रको समानुपातिक सूची, भोलि फेरि बैठक

२ आश्विन २०७९, आईतवार ०७:५५
टुंगो लागेन माओवादी केन्द्रको समानुपातिक सूची, भोलि फेरि बैठक

२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । निर्वाचन आयोगमा बुझाउने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूचीबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको हो ।

आइतबार बिहान केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पदाधिकारीको बैठकले यसबारे छलफल गरेको हो । उपमहासचिव पोखरेलका अनुसार सूची टुग्याउन भोलि बिहान ७ बजे पुनः बैठक बस्ने बताए ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ । आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेस गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्