मुख्य समाचार

सत्ता गठबन्धनभित्र कालिकोट कसको भागमा ?

१ आश्विन २०७९, शनिबार १६:१२
सत्ता गठबन्धनभित्र कालिकोट कसको भागमा ?

१ असोज, कालिकोट । कार्यदलले कालिकोट माओवादीको भागमा परेको बताएको छ । तर अझै सम्म उम्मेदवार घोषणा भने गरेको छैन । गठबन्धनका शीर्ष नेताले कालिकोट माओवादीको भाग रहेको बताएका छन ।

कालिकोट र साविक कर्णाली माओवादीको बर्चस्व रहेका जिल्ला हुन्। प्रतिनिधि सभा र प्रदेश सभा दुबै चुनावी क्षेत्र माओवादी आफ्नै पोल्टोमा गर्ने दाउमा रहेको छ ।

माओवादीको बर्चस्व रहेको जिल्ला कालिकोटमा नेपाली काङ्ग्रेस र नेकपा एस माओवादीलाई नछाड्ने दाउमा रहेको छन् । कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको जित्ने पक्कापक्की रहेको क्षेत्रमा हो ।

केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग कर्णालीका पहिलो मुख्यमन्त्री शाहीसहित युवा नेताहरुले भेटघाट गरेका थिए । भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले कालिकोट माओवादीको किल्ला हो । यसमा कुनै पनि हलतमा छड्ने छैनौं । आफ्नो जित सुनिश्चित भएको जिल्ला हामी कुनै कम्प्रोमाइज नगर्ने आससन दिएका थिए ।

तर यता राम्रो दाउको पर्खाइमा रहेका नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्र जंग शाही ब्यक नहुने बताएका छन । अहिले राम्रो माहोल र आफू जित्ने पक्का पक्की भएको बेला माओवादीलाई नछाड्ने अडानमा भुपेन्द्र जंग शाही रहेका छन ।

तर हालसम्म सत्ता गठबन्धनले कसैको उम्मेदवारको नाम भने सिफारिस गरेको छैन । यद्यपि आफ्ना पार्टीका तर्फबाट भने उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।

त्यस्तै नेकपा एसका नेता तथा कर्णाली प्रदेशका पुर्वमन्त्री कुर्मराज शाही प्रदेश सभा नछाड्ने अडानमा रहेका छन । भने यता माओवादी केन्द्रको राम्रो सम्भावना रहेको जिल्ला कालिकोटमा गठबन्धन भित्र कसैलाई नछाड्ने अडामा रहेको छ ।

माओवादी कुनै पनि हालतमा छोड्ने अडानमा रहेको छ । नेपाली काङ्ग्रेसका शाही पनि सजिलोसँग छोड्ने मनस्थितिमा भने छैन । यता एसका शाही पनि कुनै पनि हालतमा छोड्ने दाउमा छैन । यता माओवादी राम्रो अवसरको पर्खाइमा रहेको छ ।

कालिकोटमा २०७९ सालको स्थानीय तहको नतिजा हेर्दा माओवादी पहिलो छ । त्यसपछि गठबन्धन हुन्दा दोस्रोमा नेपाली काङ्ग्रेस र तेस्रोमा नेकपा एस रहेको छ । नेकपा एमालेको राम्रो पकड रहेको क्षेत्रमा गठबन्धन गर्दा नराम्रो हार बेहर्नु परेको छ ।

त्यस्तै यता एमाले र भने आफ्नो उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । एमालेको तर्फबाट प्रतिनिधि सभामा नगेन्द्र शाही (नेशनल)ले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्