राजनीति

खाँडाचक्र नगरपालिकाका उप-प्रमुख आकाशद्वारा विद्यालयमा स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान

३१ भाद्र २०७९, शुक्रबार १६:४६
खाँडाचक्र नगरपालिकाका उप-प्रमुख आकाशद्वारा विद्यालयमा स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान

३१ भदौ, काठमाडौं। जिल्लाको खाँडाचक्र नगरपालिकाका उप-प्रमुख गणेश बहादुर शाही(आकाश) द्वारा पञ्चदेव माध्यमिक विद्यालयमा स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको छ ।

आज पञ्चदेब मा.बी. मान्ममा आयोजित कार्यक्रममा स्मार्ट सेनेटरीप्याड भेन्डिङ मेसिन उप-प्रमुख आकाशले हस्तान्तरण गरेका छन् ।जिल्लाका सम्पुर्ण किशोरीहरु महिनावारी हुँदा अथा दु:ख, कष्टकर जीवन बिताइरहेका छन् । अझै बिज्ञान प्रबिधि आइसक्दा पनि अझै कर्णालीका किशोरीहरु लुगाको टुक्रा हाल्न बाध्य छन् ।

कार्यक्रममा उप-प्रमुख आकाशले महिनावारी भएपछि अझै कतिपय छात्रा विद्यालयमा नआउने गरेको छन् । छात्रालाई विद्यालयमा नियमित बनाउनका लागि स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको उप-प्रमुख आकाशले बताए ।  सानो व्याकअपमा पनि सजिलै कार्ड प्रयोग गरेर प्याड निकाल्न सकिने र छात्रालाई मागि रहनु नपर्ने आफुलाई चाहिएको बेला सहजै प्राप्त गर्न सक्ने भएकाले मेसिन जडान गरिएको उप-प्रमुख आकाशले बताए । उनीहरुले मेसिन जडान गरेर मात्र हुर्दैन यसको दिर्घकालीन व्यवस्थापनका लागि सवै लाग्ने पर्ने आकाशले बताए  ।

पञ्चदेव माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रप्रकाश कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा उप-प्रमुख आकाशसहित खाँडाचक्र नगरपालिकाका शिक्षा शाखा प्रा.स बलिराज शाही, अनमी सेतु शाहीलगायत उपस्थित थिए  ।

प्रतिक्रिया दिनुहोस्