समाचार

नेकपा एस सुदूरपश्चिमकी प्रमुख सचेतक विक माओवादीमा प्रवेश

३१ भाद्र २०७९, शुक्रबार १५:५४
नेकपा एस सुदूरपश्चिमकी प्रमुख सचेतक विक माओवादीमा प्रवेश

३१ भदौ, काठमाडौं। नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

बिकसँगै थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावतलगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।

तत्कालीन नेकपामा ओली र नेपाल पक्षको विवाद हुँदा उनले नेपाल पक्ष रोज्दै आएकी थिइन् । त्यसै क्रममा प्रमुख सेचतक रहेका तारा लामा तामाङलाई हटाएर बिकलाई प्रमुख सचेतक बनाइएको थियो ।  प्रमुख सचेतक बिक एमाले विभाजनपछि समाजवादीमा लाग्नुभएको थियो । तर, उहाँ समाजवादी पनि छाडेर माओवादीमा लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्