नेपाली चलचित्र

भुवनले बनाएको सल्लाहकार समिति विवादमा

३१ भाद्र २०७९, शुक्रबार ०८:१२
भुवनले बनाएको सल्लाहकार समिति विवादमा

३१ भदौ, काठमाडौं। चलचित्र विकास बोर्डले गठन गरेको सल्लाहकार समिति विवादमा तानिएको छ ।

 अध्यक्ष भुवन केसीले बिहीबार बोर्डको कार्य सहज बनाउन कलाकार नीर शाहको संयोजकत्वमा गठन गरेको ५ सदस्य सहितको समिति २४ घण्टा नबित्दै विवादमा परेको हो । समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् ।यी सबै कांग्रेस र अध्यक्ष केसी निकट फिल्मकर्मी हुन् ।

चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा, फिल्म लेखक यज्ञशसहित धेरै फिल्मकर्मीले सामाजिक सञ्जालबाट समितिको आलोचना गरिरहेका छन् । सल्लाहकार समितिमा एकजना महिला पनि नपरेको भन्दै आलोचन भएको हो । नेपाल राष्ट्रले समावेशी सिद्धान्तलाई संविधानत : अंगिकार गरेपनि बोर्डको सल्लाहकार समिति त्यस्तो हुन नसकेको विषय सामाजिक सञ्जालमा चर्काे रुपमा उठिरहेको छ ।

चलचित्र विकास बोर्डको बैठक बिहीबार अबेरसम्म बसेको थियो, जहाँ सल्लाहकार समिति गठनदेखि ‘प्रेमगीत ३’को हिन्दी भर्सनलाई नेपाली फिल्मसरह सेवासुविधा दिनेबारे छलफल भएको थियो । बैठकले ‘प्रेमगीत ३’का निर्मातालाई नियमानुसार कागजपत्र पेश गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्