राजनीति

एमाले संसदीय दलको अन्तिम बैठक

३१ भाद्र २०७९, शुक्रबार ०८:०३
एमाले संसदीय दलको अन्तिम बैठक

३१ भदौ, काठमाडौं।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्को ५ वर्षे कार्यकालको सबैभन्दा राम्रो काम चुच्चे नक्सा प्रकाशित गर्नु रहेको बताएका छन्।

ओलीले प्रतिनिधिसभाको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए। संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा ओलीले प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्रै रहेकाले २ असोजबाट ४ मंसिरको निर्वाचनमा केन्द्रित हुन निर्देशनसमेत दिए।

प्रतिनिधिसभामा एमाले सांसदले वहन गरेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ छ।ओलीले भने, ‘यस अवधिमा धेरै खाले उतारचढाव आए। एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभयो। त्यसका लागि धन्यवाद दिन चाहन्छु।’

ओलीले पार्टी विभाजन हुनु वामपन्थी एकताका लागि अहित भएको प्रसंग पनि कोट्याए।

प्रतिक्रिया दिनुहोस्